काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो योजनाले न्यून बीमा शुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्ने बताइएको छ । यो योजनाअन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्छ । यसको प्रमुख विशेषता भनेको रेगुलर बीमा शुल्क भुक्तानी गर्ने बीमालेखमा ४५ प्रतिवर्ष प्रति हजार र सिंगल बीमा शुल्क भुक्तानी गर्ने बीमालेखमा ५० प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न हुनु हो ।
कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेरसम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा पाँचवर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमाङ्क रकम दश हजार रहेको छ । बीमितले आफ्नो सुविधाअनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिकरूपमा बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् । कम्पनीका अनुसार बीमा अवधि पूरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमाङ्क रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।