काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंर्कस संघको साधारणसभाले पाँच जना सदस्य चयन गरेको छ । संघको शनिबार सम्पन्न भएको सभाले सञ्चालक समितिमा पाँच जना सदस्यलाई चयन गरेको संघले जानकारी दिएको छ ।
संघका अनुसार यसरी चयन भएका सदस्यहरूमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ रहेका छन् ।
संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पूरा भएको छ भने नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत् रहेको संघले जानकारी दिएको छ ।