काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते काठमाडौंको नयाँ बानेश्वस्थित अर्पण बैंकेटमा आफ्नो छैठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।

साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने बताइएको छ । यसबाहेक सोही सभामार्फत कम्पनीको पुँजी वद्धि गर्ने एवम् सञ्चालक समितिको निर्वाचन गरिने समेत कम्पनीले जानकारी दिएको छ ।