काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २९ गते काठमाडौंको प्रज्ञा भवनमा आफ्नो ३१ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही पुस २० गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।