पञ्जाब । सीमा सुरक्षा बलले यस वर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका एक सयवटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ ।
बीएसएफले भारतीय भू–भागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति बनाएको बताएको छ । सेनाहरूले ड्रोनमार्फत लागुऔषधको तस्करी गरिरहेका तस्करहरूलाई पक्रेका छन् ।
हमा पोस्टका अनुसार सन् २०२३ मा, बीएसएफ पञ्जावले भारतमा लागुऔषध तथा गोलालाबारुद तस्करसहित एक सयवटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ ।
ड्रोन, लागुपदार्थ तथा हतियारलगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ । ‘बीएसएफले लागुऔषध आपूर्तिमा कटौती गर्न तथा लागुऔषध दुरुपयोगविरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन–पक्षीय रणनीति लागू गरेको छ ।
यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोनमार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ । अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लंघन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान सुरु गरेका थिए । रासस