अमेरिका । मध्यपूर्वको द्वन्द्व र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । मंगलबार साँझसम्म ब्रेन्ट क्रुड आयल दुई दशमलव चार प्रतिशत बढीले बढेको छ । यो वृद्धि लगभग एक महिनायताकै सबैभन्दा उच्च हो ।
ब्रेन्ट आयलको मूल्य प्रतिब्यारेल ८० दशमलव ६७ डलर पुगेको छ । विश्वव्यापी आर्थिक वृद्धि र इन्धनको माग बढ्ने लगानीकर्ताको अपेक्षाले पनि मूल्य बढेको बताइएको छ । मध्यपूर्वको चिन्ता र जहाजहरुको पुनः रुटिङको बाबजुद वास्तविक आपूर्ति अझै प्रभावित भएको छैन । सार्वजनिक बिदाका लागि बन्द भएका बाजारहरुसँगको पातलो ब्यापारका बाबजुद पनि तेलको मूल्य बढेको छ ।