पोखरा । पुरानो फेसियल हाउसको रूपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ले अनाथ असहायहरूलाई खाद्य सामग्री सहयोग गरेको छ ।
रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीको गोंगबु टाउन प्लानिङ अवस्थित मानव सेवा आश्रममा खाद्य सामग्री प्रदान गरेको हो । साथै, सो आश्रममा आश्रित ५६ जना वृद्धा असक्त आमाहरू र अनाथ बालबालिकाहरूलाई मिष्ठान्न भोजन समेत गराएको छ ।
रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले फेसियल हाउसले हाल ६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बताए । यस्तै, हजारौँलाई सिपमूलक तालिम दिइएको उनको भनाइ छ । रश्मिलाज फेसियल हाउसको काठमाडौं मल सुन्धाराको पहिलो र चौथो तला, बिजी मल, गोंगबु चौथो तला र बुद्धमल बालाजुको पहिलो तलासहित चारवटा शाखाहरू रहेका छन् ।