काठमाडौं । महालक्ष्मी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही पुस २८ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैंकेटमा आफ्नो २२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सय रुपैयाँमध्येबाट छ दशमलव ४० प्रतिशतका दरले हुन आउने २६ करोड ६९ लाख ६४ हजार तीन सय ९० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक बैंकले सोही वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही पुस १९ गते एक दिनको सेयर दर्ता किताब बन्द हुनेछ ।