काठमाडौं । समृद्धि फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सले पुस २८ गते मकवानपुरको हेटौंडास्थित होटल एभोकाडोमा २२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।