काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही पुस २७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आफ्नो नवौं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १३ प्रतिशतका दरले हुन आउने एक करोड २३ लाख ८० हजार नौ सय ४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
हाल चुक्ता पुँजी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार नौ सय ४० रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही पुस १६ गते सेयर दर्ता किताब बन्द हुनेछ ।