काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २८ गते भरतपुरको होटल पौवामा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।