काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्लेक्समा २६ औं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।