काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंकेटमा सातौं र आठौं साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत कम्पनीले पछिल्लो दुई आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।