काठमाडौं । मञ्जुश्री फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ बैंकेटमा आफ्नो १६ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँ मध्येबाट पाँच दशमलव २६ प्रतिशतका दरले हुन आउने सात करोड ११ लाख ३२ हजार दुई सय २६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सभाले दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने तयारी पनि गरेको छ । वार्षिक साधारणसभा सम्बन्धी प्रयोजनका लागि फाइनान्सको यही पुस ११ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द हुनेछ ।