काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिबाट प्रस्तावित सो लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
दरबारमार्ग स्थित कार्यालयमा १८ औं वार्षिक साधारणसभा गर्न लागेको बैंकले जनाएको छ । वार्षिक साधारणसभा मार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँमध्येबाट पाँच दशमलव ५० प्रतिशतका दरले हुन आउने ८६ करोड ५५ हजार ५७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभा मार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने भएको छ ।