काठमाडौं,प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् । उनलाई बुधबार सातौँ बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका थिए ।

देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । शेरचनको जन्म बागलुङ जिल्लामा भएको थियो । उनको बैंकिङ क्षेत्रको २८ बर्षको अनुभव रहेको छ ।