भोजपुर । बिहीबार बिहान भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको निर्माणाधीन मोटरेबल पुल भत्किएको छ ।
पूर्वाधार कार्यालय भोजपुरका फिल्ड इन्जिनियर सोहन कुमार महासेठले खोलालाई थुनेर माटो भरेको ठाउँमा पिलर अड्याएर फर्मामाथि रड राख्ने काम गर्दा एक्कासि रडको लोड थाम्न नसकेर स्लाब ढलानको फर्म भाँचिएको जानकारी दिए । स्थानीयले पुल ठेकेदार र इन्जिनियरको लापरबाहीले गर्दा भाँचिएको आरोप लगाएका छन् ।
पुल निमार्णको जिम्मा दिव्य ज्योति कन्स्ट्रक्सनले कुल ६ करोड लागतमा ठेक्का लिएको थियो । पुल निमार्णको काम २०७७ सालदेखि सुरु भई यही वैशाखसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।