काठमाडौं । सवारी साधनको ठक्करबाट छुट्टाछुट्टै स्थानमा दुई पैदलयात्रीको मृत्यु भएको छ । बुधबार रुपन्देहीमा गाडीको ठक्करबाट र चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ पडरवा टोलमा लु.१च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ भतेरी जंगलस्थित सडकमा लु.८प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवलपरासी पश्चिम सुनवल नगरपालिका–८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।