काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता यूताकाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार राष्ट्रपति भवनमा जापानका राजदूत यूताकाले राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गरेको जानकारी दिइन् ।
भेटमा राष्ट्रपति पौडेलले भित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता थता स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको बताए । साथै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि पनि राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गरे ।