काठमाडौं । पुरातत्व विभागको आयोजनामा हनुमानढोका दरबारस्थित नासल चोकको शिशा बैठक कक्षमा आगक्ष मन्दिर निर्माणको बारेमा छलफल भएको छ । आज(बिहीबार) भएको छलफलमा आगक्ष मन्दिरको निर्माणको बारेमा छलफल र सो क्षेत्र वरपर रहेका मठ मन्दिर, सँस्कृत विश्वविध्यालयको बारेमा बैठक सुरू भएको हो ।
उक्त बैठकमा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गको अध्यक्षतामा, काठमाडौं क्षेत्र नं.८ का सांसद विराज भक्त श्रेष्ठ, बागमति प्रदेश काठमाडौं क्षेत्र ८(क)का सांसद शैलेन्द्र मान बज्राचार्य, काठमाडौं महानगरपालिका का उपमेयर सुनिता डङ्गोल, २४ वडाका अध्यक्ष विनोद कुमार राज भण्डारी, २३ वडाअध्यक्ष मचाराजा महर्जन, १९ वडा अध्यक्ष राजेश कुमार श्रेष्ठ, हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दिप खनाल, तलेजु मन्दिरका मुल पुजारी उध्धव कर्माचार्य, इन्जिनियरहरू, हेरचाह अड्डाका पधाधिकारीहरू, कामनपा साइड अफिसका पधाधिकारीहरू लगायत करिब २५ जनाको सहभागिता थियो ।