काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको एक सय ४० वटा शाखाबाट समेत सर्जरी, मिनर इन्भेस्टिगेसन (कर्मचारीलाई मात्र), अप्टिकलमा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । साथै, पहिलोपटक रजिस्ट्रेसन तथा ओपीडी शुल्क नलाग्ने र एकपटकको लागि १५ दिनभित्रको फलोअप समेत निःशुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरवकुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २८ शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, एक सय ६४ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।