पोखरा । पोखरामा एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं.७ ताकम घर भई हाल पोखरा महानगरपालिका वडा नं.२९ नौबिसे बस्दै आएकी २९ वर्षकी रेखा घर्तीको हत्या भएको हो ।
रेखाको हत्या आरोपमा उनका श्रीमान ३६ वर्षाका रत्नबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । घरायसी झगडामा रत्नबहादुरले श्रीमती रेखाको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले रत्नबहादुरलाई बिहीबार दिउँसो पक्राउ गरि अनुसन्धान सुरु गरिएको जनाएको छ ।