काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरी सर्भिस २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरू प्रदान गरिएको छ । माछापुच्छ्रे बैंक लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो ।
हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरू थप गर्दै आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आइरहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।