काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड इ–कमर्सका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले हालै काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा उनीहरू दीक्षित भएका हुन् ।
सफ्टवेरिका कलेजले सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो । सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले आईटीको युगमा विद्यार्थीहरूका लागि यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए । कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले अधिकांश दीक्षित विद्यार्थीले स्नातकअघि नै आफ्नो जागिर सुरु गरिसकेको जानकारी दिए ।