हनोई । भियतनामले सन् २०२३ मा छ खर्ब ८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापार गरेको छ । यो अहिलेसम्म एक वर्षमा गरेको व्यापारमा नयाँ रेकर्ड हो । यो परिमाण गत वर्षको तुलनामा छ दशमलव छ प्रतिशतले कम हो । यसैबीच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।
निर्यात राजस्व चार दशमलव चार प्रतिशतले घटेर तीन खर्ब ५५ अर्ब ५० करोड डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा आठ दशमलव नौ प्रतिशतले घटेर तीन खर्ब २७ अर्ब ५० करोड डलर पुगेको छ ।
भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा तीन खर्ब १३ अर्ब ७३ करोड डलर पुगेको छ । सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार एक खर्ब ११ अर्ब ६० करोड डलर पुगेको अनुमान गरिएको छ ।