काठमाडौं, जेठ ११
घरेलु लघुवित्तले आफ्नो संस्थामा आबद्ध कर्मचारीहरूको विश्वमा देखापरेको कोभिड १९ (कोरोना) रोगको बीमा गराएको छ । संस्थाले आफ्ना कर्मचारीहरूको बीमा जनरल इन्स्योरेन्स कम्पनी लि. हात्तीसार, काठमाडौंबाट गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रूपैयाँबराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ ।यो वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूबाट प्रवर्द्धित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको वित्तीय संस्था हो । यस संस्था सञ्चालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरू स्थापना गरी ग्रामीण क्षेत्रका छ हजार एक सय ५० भन्दा बढी विपन्न परिवारहरूमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा चार करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पु-याउन सफल भई ती परिवारहरूसँग वचत तथा कर्जाको कारोबार सञ्चालन गर्दै आइरहेको छ ।