काठमाडौं, जेठ ११
मुुक्तिनाथ विकास बैंकले राहत सहयोग गरेको छ । सरकारले कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरण गर्नका लागि लागू गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशको विभिन्न स्थानहरूमा राहत सामग्री वितरण गर्दै आइरहेको छ । सोही क्रममा बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’लाई आर्थिक सहयोग गरेको छ ।
उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्र्र्दै आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रीय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।