काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते मकवानपुरको हेटौंडास्थित होटल सामनामा आफ्नो २२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख दुई हजार रुपैयाँमध्येबाट पाँच प्रतिशतका दरले हुन आउने १४ करोड १७ लाख ७० हजार एक सय रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी दुई अर्ब ९७ करोड ७१ लाख ७२ हजार एक सय रुपैयाँ पुग्ने छ । साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही पुस १७ गतेदेखि पुस २९ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।