काठमाडौं । सामान्य प्रशासनमन्त्री अनिता देवीलाई प्रहरीले माइतीघरमण्डलबाट नियन्त्रणमा लिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अन्य नेताहरु धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् ।
स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । जनमत पार्टीका नेताहरुले त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । उनीहरुलाई प्रहरीले साँझसम्ममा छाडिदिने जनाएको छ । काठमाडौंका एसपी कुमोध ढुंगेलले पार्टीका विभिन्न तहका नेताहरुसहित जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।