काठमाडौं । बीवाईडी डल्फिन ब्राजिलको सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको छ महिनामा नै बीवाईडी डल्फिनले महत्वपूर्ण १० पुरस्कारहरू प्राप्त गरेको छ । कम्पनीले २०२३ मा ब्राजिलमा मात्रै पाँच हजारभन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ । यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरूमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सम्पूर्ण विद्युतीय कारहरूको दाँजोमा बीवाईडी डल्फिन अग्रभागमा रहेको देखिन्छ । यसले पुरातन बजारले प्रस्ताव गरेभन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भव छ भन्ने देखाएको कम्पनीले उल्लेख गरेको छ । बीवाईडी डल्फिन सेप्टेम्बरदेखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ । यसको संख्या अझै बढ्ने क्रममा रहेको बताइएको छ ।