काठमाडौँ । बाक्लो हुस्सुका कारण पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको त्रिभुवन विमानस्थलले जानकारी गराएको छ ।

नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै बिहान १० बजेसम्मको समयमा उडान भयो तर त्यसबाहेक पोखरा लगायतका पहाडी क्षेत्र र तराईका सबै विमानस्थलमा उडान भर्न नसकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।