गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । उक्त आरोपमा सिरानचोक गाउँपालिकाका ३७ बर्षीय नवराज घिमिरे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार घिमिरेले स्थानीय १३ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । आफ्नी छोरीमाथि घिमिरेले यौन दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।
घिमिरेमाथि बालिकाको संवेदनशील अंग समातेर यौन दुव्र्यवहार गरेको आरोप छ । घिमिरेविरुद्ध बालयौन दुरुपयोग कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिए अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।