पोखरा । खुट्टामा समस्या भइ एउटा खुट्टा गुमाएर अस्पतालमा उपचाररत एक व्यक्तिलाई पन्चासे हर्पन डॉडा समाज यूकेले आर्थिक सहयोग गरेको छ । अध्यक्ष देउकाजी गुरुङका अनुसार पोखरा महानगरपालिका वडा नं.२३ सिधानेका ४० वर्षका यामबहादुर गुरूङलाई समाजले आर्थिक सहयोग गरेको हो । याम बहादुरको देब्रे खुट्टामा घाउ हुँदा मंसिर ८ गते अपरेसन गरि काटिएको छ । उनी हाल काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचाररत छन् । किसानी काम गर्दै आइरहेका उनको आर्थिक अवस्था निकै नाजुक भएकाले समाजको पहलमा रकम संकलन गरि सहयोग गरिएको बताइएको छ । बिरामी यामका लागि नौ लाख २५ हजार तीन सय ३४ रूपैयाँ अध्यक्ष गुरूङले हस्तान्तरण गरेका हुन् । समाजले सिधाने, कुद्वीडाँडा, दमदमे र मकानपुरका ४ गाउँंका नागरिकका लागि विभिन्न आर्थिक सहयोग गर्दै आएको छ । यूके समाजले शैक्षिक, सामाजिक तथा अन्य क्षेत्रमा महत्वपूर्ण सहयोगसमेत गर्दै आएको छ । कोरना कहरको समयमा स्थानीय गाउँमा राहत वितरण गरेको थियो ।