काठमाडौं । बिहीबारदेखि काठमाडौँमा सुरु हुने नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् ।
भारतीय वायुसेनाको विशेष विमानबाट बिहीवार उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।