नयाँदिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले बैंकहरुलाई लाभांश वितरणमा कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले लाभांश वितरणसम्बन्धी दुई दशक पुरानो नियममा परिमार्जन गर्ने प्रस्ताव गरेको छ ।
बैंकहरुको खराब कर्जा न्यून विन्दुमा झरेको अवस्थामा बैंकिङ क्षेत्रलाई थप स्वस्थ्य बनाउन लाभांश वितरणमा कडाई गर्न लागेको बताइएको छ । यद्यपी उत्कृष्ट वित्तीय प्रगति गर्ने बैंकहरुलाई भने लाभांश वितरणमा अवसर दिनेछ । नयाँ नियममा लाभांश वितरण गर्न चाहने बैंकहरुले विगत तीन वर्षसम्म पुँजी पर्याप्तता पुरा गरेको हुनुपर्ने अहिलेको व्यवस्थालाई निरन्तरता दिएको छ ।
भारतीय बैंकहरुको खराब कर्जा गत सेप्टेम्बरमा शून्य दशमलव आठ प्रतिशत थियो । नयाँ व्यवस्था अनुसार छ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकहरुले लाभांश वितरण गर्न पाउने छैनन् ।