सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका कार्यकताले आन्दोलन गरिरहेका थिए । प्रदर्शनकारीहरुले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले गोली चलाएको बुझिएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाउनेमा बरहथवा ५ का जयशंकर शाह रहेका छन् ।