दोलखा-आलु खेती र उत्पादनको हिसाबले उर्वरभुमि मानिने जिल्लाको मेलुङ गाउँपालिकाले वडा नम्बर-३ का स्थानीय किसानलाई हातेट्याक्टर तथा उन्नतजातको आलुको बिउँ वितरण गरेको छ्।गाउँपालिकाले वडा नम्बर-३ का किसानलाई पालिका अध्यक्ष हिराकुमार थोकरको उपस्थितिमा कृषि सामाग्री वितरण गरेको हो ।
गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती प्रदेशको अनुदान सहयोगमा वडा नम्बर(३को दोभान वर्षे आलु उत्पादक कृषि समुहमा आबद्ध किसानलाई ५० प्रतिशत लागत साझेदारीमा उक्त सामग्री वितरण गरिएको मेलुङ गाउँपालिका कृषि प्राविधिक विष्णु जिरेलले जानकारी दिए।
किसानलाई मिनिटिलर ५.५ को एच। पिको डिजेल इन्जिनको ५ थान हातेट्याक्टर,४ टन उन्नत जातको आलुको बिउँ,विषादी छर्नको लागि स्प्रेयर १६ लिटरको १५ थान,आलुमा लाग्ने किरा नियन्त्रणको लागि जैविक ट्रप,भिटामिन लगायतका कृषि सामग्री वितरण गरेको हो। वडा नम्बर.३ को मुख्य आलु खेतीमा आबद्ध दोभान कृषिसमुहाका ३० जना किसानलाई उक्त सामग्री वितरण गरिएको हो ल।त्यस्तै वडा नम्बर.५ का किसानलाई भने, ५ लाख बराबरको कृषि सामग्री तथा औजार वितरण गर्न बाकी रहेकोे प्राविधिक जिरेलले जानकारी दिए।वडा नम्बर.३ को दोभान कृषि समूहले मात्रै १० हजार टन आलु उत्पादन गर्दै आएको छ।
आलु उत्पादनमा आत्मनिर्भर रहेको मेलुङले वार्षिक १५ करोड बराबरको आलु बिक्री गर्दै आएको पालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए। बागमती प्रदेशले चालु वर्ष वडा नम्बर.३ र ५ मा आलु प्रवर्द्धन कार्यक्रमको लागि १० लाख अनुदान दिएको थियो।वडा नम्बर ३ मा ५ लाख बराबरको कृषि सामग्री वितरण गरिएपनी वडा-५ भने वितरण गर्न बाकी रहेको छ्।