काठमाडौं, जेठ १२
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब आठ करोड ९९ लाख ७७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब दुुई करोड ९६ लाख ३३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ३६ करोड ३३ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड ६० लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब ६१ करोड चार लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब १९ करोड ६२ लाख १७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।