काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरू दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने गरी लगानी गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।