काठमाडौंं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन ३६ दशमलव ५७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २० दशमलव ६२ अंकले उकालो लागेर दुई हजार ८० दशमलव १२ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६४ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ९२ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख चार हजार छ सय १९ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, होटल तथा पर्यटन, अन्य र टे«डिङ उपसमुहहरुको सुचक उकालो लागेका छन् ।