काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय बुधबार तोक्ने भएको छ । यसअघि उनलाई जबरजस्ती करणीमा पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।