धनगढी । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बुधबार बिहान काठमाडौंबाट उडेको बुद्ध एयर र श्री एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि दुवै जहाजलाई सुर्खेत विमानस्थलमा अवतरण गरिएको थियो ।
बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बताए । उनले सुर्खेत विमानस्थलमा अवतरण गरिएको जहाज मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।
त्यस्तै प्रतिकुल मौसमका कारण बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । विमान अवतरण हुन नसकेपछि फर्किएको बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले बताए ।