काठमाडौं । गरिमा विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही पुस २९ गते पोखराको होटल ग्राण्ड पोखरामा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँमध्येबाट शून्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने दुई करोड ५९ लाख ३८ हजार चार सय ३५ रुपैयाँ बराबरको नगद लाभांश र नौ दशमलव ५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार दुई सय ७० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी पाँच अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । यसैगरी साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।