काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै २१ अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन नौं दशमलव ५० अंकले उकालो लागेर दुई हजार ८९ दशमलव ६२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४० अंकले उकालो लागेर तीन सय ८६ दशमलव ३३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय एक वटा कम्पनीहरुको ९२ हजार छ सय दुई पटक सेयर किनबेच भएको छ । जसबाट आज एक करोड ३४ लाख ७७ हजार नौं सय ४६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आन १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेका छन् ।