काठमाडौं,पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय निर्धारण गरेको छ ।
बुधबार अदालतका न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर,सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो ।
उनीहरु दुबै जनालाई पुस ११ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो २०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब,रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।