काठमाडौं,साल्ट ट्रेडिङ कर्पोरेसनले बिहीबार लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९।०८० को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५.७९ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । संञ्चालक समितिको बैठकले हालको चुक्तापँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।