काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यस्तै, बोनस सेयरको कर प्रयोजनार्थ शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।