काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गरेको छ । कम्पनीको सातौँ र आठौँ वार्षिक साधारणसभा एकैपटक गरिएको हो ।
कम्पनीका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सभाले सर्वसाधारण सेयरधनी (समूह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक एक जना गरी दुई जना सञ्चालक समिति समेत चयन गरेको थियो । सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र सञ्चालकमा बरदान गिरी चयन भएका छन् ।
साथै, सभाले कम्पनीको आयव्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmमहरू पारित गरेको थियो । सभामा संस्थापक सेयर सदस्य, सर्वसाधारण सेयर सदस्य, कम्पनीका कर्मचारी तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।