नेपाल रेडक्रस सोसाइटीमा दुइटा छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति भएपछि देखिएको विवादल नकारात्मक रुप लिएको छ । अदालतमा विचाराधीन अवस्थामा मुद्दा रहेपनि गठन भएको अवैध समितिले साधन स्रोतको व्यापक दूरुपयोग गरेका आरोपहरु लागेका छन् । डा.नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा रहको केन्द्रीय कार्यसमिति र प्रोफेसर सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा रहेको अर्को कार्यसमिति यि दुबै समितीलाई गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि अझै मान्यता दिएको छैन् ।
आधिकारिकता नदिएको स्पष्ट भएपनि आफूखुसी गठित प्रोफेसर नेपाल नेतृत्वको कार्यसमितिले भने स्रोत साधनको व्यापक दूरुपयोग गरेर ठाउँ ठाउँमा गोष्टी गर्ने र रेडक्रसकै बजेटबाट हवाई टिकटदेखि गाडी सुविधा लिइरहेको तिमिल्सिना नेतृत्वको कार्यसमितिले आरोप लगाएको छ ।
आधिकारिकताबिना नै खाता सञ्चालनको अनुमति दिनु गैरकानूनी कार्य ठहर भएको कानून व्यवसायीहरु बताउँछन् । परोपकारी संस्था रेडक्रसको मुख्य सिद्धान्त नै मनवीय सेवा । तर,मुलुकमा रेडक्रस भने राजनीतिक भागबन्डा,भ्रष्टाचार,नातावाद,कृपावादका कारणले थला परेको छ । यसपटक जाजरकोटमा भूकम्प प्रभावितलाई अन्र्तराष्ट्रिय रेडक्रस आफैले सहयोग ग¥यो । विगतमा भने यस्ता सहयोग रेडक्रस नेपाल मार्फत हुने गर्थे ।