काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा आइतबार भएको साधारणसभा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी, सभाले लेखा परीक्षण प्रतिवेदनसहितका आर्थिक वर्ष २०७९/८० को बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू समेत पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले १:२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । कम्पनीले हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत् आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकर्तालाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ ।